८ वर्षदेखि वडाको काम घरबाटै, भोलिदेखि कार्यालयबाट सेवा दिने

८ वर्षदेखि वडाको काम घरबाटै, भोलिदेखि कार्यालयबाट सेवा दिने
सुन्नुहोस्

प्यूठान : झिमरुक गाउँपालिका वडा नम्बर ८ को केन्द्र गाउँपालिकाले फूलबारी तोकेको ८ वर्ष बित्यो। घरबाटै वडा कार्यालयको सेवा दिँदै आएका यहाँका वडाध्यक्ष भोलिदेखि वडा कार्यालय जाने भएका छन्।

‘वडाध्यक्ष कार्यालयमा उपस्थित हुनुपर्ने’ माग गर्दै बिहीबार यहाँका स्थानीयले प्रदर्शन गरे। गाउँपालिकामा निवेदन दिए। ८ नं. वडा प्रवेशद्वारमा सडक अवरोध गरे। गाउँपालिकाले वार्ताका माध्यमबाट समस्या समाधान गर्न अनुरोध भन्दै विज्ञप्ति निकाल्यो। बिहीबार राति अबेर स्थानीय प्रहरी प्रशासनको पहलमा अवरुद्ध सडक खुल्यो।

शुक्रबार स्थानीय र पालिका बीच भएको सहमति अनुसार वडाध्यक्षले तोकिएकै वडा कार्यालयबाट सेवा प्रदान गर्ने सहमति भएको छ। ‘आइतबार, सोमबार र मंगलबार फूलबारीबाट सेवा प्रदान गर्ने सहमति भएको छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले भने, ‘बाँकी तीन दिन टिमुरचौरतर्फ पायक पर्ने उपल्लो भेगबाट अस्थायी सेवा केन्द्र मार्फत वडा कार्यालयको सेवा उपलब्ध हुने भएको छ।’

वडा समितिको पहलमा फूलबारी रातामाटामै जग्गा व्यवस्थापन गरी वडा कार्यालय भवन निर्माण गर्ने समेत सहमति भएको उनले बताए। वडा कार्यालयको लेटर प्याडमा फूलबारी रातामाटा नै उल्लेख भए पनि सबै स्थानीयको पायक पर्ने स्थान नभएकोले टिमुरचौर आफ्नै घरबाट सेवा प्रदान गर्नु परेको वडाध्यक्ष तुलस बस्नेतले बताए। 

‘पहल कदमी गर्ने सबैलाई धन्यवाद, सेवा उपलब्ध हुन नसकेकोमा सरी भन्न चाहन्छु’, प्रदर्शनकारीहरूसँग उनले भने, ‘आइतबारदेखि फूलबारीमा सडकको छेवैमा कार्यालय स्थापना गरी सेवा सुरु गर्छौं, टिमुरचौर कहाँबाट गर्ने भन्ने भोलि नै सल्लाह गरौंला।’

भाडाको घरबाट सञ्चालन भइरहेको हालको वडा कार्यालय समेत बस्तीको बीचमा नभएकाले त्यसलाई बस्तीको बीचमा ल्याउने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत केसीले उल्लेख गरे। गाउँकार्यपालिकामा वडाको केन्द्र टुङ्गो लगाउन सहमति नभएपछि ८ वर्ष पहिले मतदान भएको थियो। तत्कालीन दुई तिहाइ बहुमतले फूलबारी केन्द्र निर्धारण गरे पनि वडाध्यक्षले घरबाटै सेवा दिँदै आएका थिए। गाउँपालिकाको वेबसाइटमा अहिले पनि वडा केन्द्र फूलबारी हुनुपर्नेमा टिमुरचौर उल्लेख छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.