वृद्ध दम्पतिमाथि निर्घात कुटपिट : श्रीमतीको घटनास्थलमै मृत्यु, श्रीमान घाइते

वृद्ध दम्पतिमाथि निर्घात कुटपिट : श्रीमतीको घटनास्थलमै मृत्यु, श्रीमान घाइते

तानसेन : पाल्पामा कुटपिटबाट एकजना वृद्धाको मृत्यु भएको छ। अर्का  एकजना वृद्ध घाइते भएका छन् । मृत्यु हुनेमा माथाँगढी गाउँपालिका- ४ का ७६ वर्षीया फुलमाया जिसी रहेकी छन् । उनका श्रीमान ८२ वर्षीय  प्रेमबहादुर जिसी गम्भीर घाइते भएका छन् । 

कुटपिटबाट फुलमायाको घटनास्थमै मृत्यु भएको हो । घटनामा संलग्न भएको आरोपमा  सोही  पालिकाका -४ झडेवा बस्ने ३७ वर्षीय मिनबहादुर विकलाई पाल्पा प्रहरीले पक्राउ गरेको छ । 

घाइते ८२ वर्षीय प्रेमबहादुरलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि लुम्बिनी सिटी अस्पताल बुटवलमा रिफर गरिएको पाल्पा प्रहरीले जनाएको छ ।

वृद्ध दम्पत्तीको घरमै पुगेर सोमबार राति कुटपिट गरेपछि फुलमायाको घटनास्थमै मृत्यु भएपछि भागेका थिए । प्रहरीले हत्याका आरोपित विकलाई झडेवामा लुकिरहेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.