आगलागीबाट दुई घर जलेर नष्ट

आगलागीबाट दुई घर जलेर नष्ट

नुवाकोट : नुवाकोटको ओखरपौवामा आगलागी भएको छ। ककनी गाउँपालिका-१ जल्किनिमा मंगलबार स्थानीय बलराम बलामी र गाउँले बलामीको घर आगलागीमा परि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

पहिले बलराम बलामीको २ तले घरमा करेन्ट सर्ट भई आगलागी हुँदा उक्त घरसँगै जोडिएको छिमेकी गाउले बलामीको २ तले घरमासमेत आगलागी  भएको कारण दुवै घर जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

आगलागीबाट दुवै घर पूर्ण रूपमा क्षति भएको छ। बलराम बलामीको घरमा रहेको किराना पसल, धान, मकै, कोदो, गहुँ, भाँडाकुँडा, लत्ताकपडा  र गाउले बलामीको घरमा रहेको  धान, मकै, कोदो, गहुँ, भाँडाकुँडा, लत्ताकपडा, पूर्ण रूपमा जलेर ध्वस्त भएको डीएसपी विक्रम लामाले बताए। उनका अनुसार दुवैको घरमा नगद रुपैयाँ समेत जलेर नष्ट भएको छ। 

स्थानीयवासी, सर्वसाधारण र प्रहरीले आगो निभाएका थिए। तिहारको समयमा बालिएको बत्तीको करेन्ट सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको प्रहरीको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.