गौशाला नगर अस्पतालमा नवजात शिशुको शल्यक्रियासहितको सेवा सुरू
गौशाला (महोत्तरी) : गौशाला नगर अस्पतालमा मातृ तथा नवजात शिशु उपचार सेवासहितको शल्यक्रिया सेवा सुरू भएको छ। गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले बुधबार नगरअस्पतालमा मातृ तथा नवजात शिशु उपचार सेवासहितको शल्यक्रिया सेवाको शुभारम्भ गरेका हुन्।
नगरप्रमुख महतोले नगरअस्पतालको सेवालाई चुस्तदुरुस्त बनाइने बताए। उनले भने,' स्थानीयहरूको लामो प्रतीक्षापछि यो सेवा सुचारु गरिएको हो। नगरपालिकाले नगरवासीको माग तथा आवश्यकतालाई ध्यानमा राख्दै ७ वटा चिकित्सकलाई नियुक्त गरी निःशुल्क रुपमा सेवाको शुभाराम्भ गरिएको छ ।'
एमाले नेतृ लक्ष्मी महतो कोईरीले मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको पहुँच हुनु गौरबको विषय रहेको बताइन्। नगरपालिकाको उठाएको कदम अत्यन्तै सराहनीय रहेको भन्दै कोइरीले नगरका टिमलाई धन्यवाद समेत दिइन्
तत्कालका लागि नवजात शिशु अनि मातृत्वको लागि सेवा शुभाराम्भ भए पनि अगामी दिनमा आवश्यकताअनुसार यहाँ अन्य सेवा समेत सुचारु हुने अस्पतालका इन्चार्ज डा. अमरेशकुमार महतोले बताए । सेवा विस्तारका लागि सक्दो सहयोग गर्न नगरवासीसमक्ष इन्चार्ज महतोले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !