गौशालामा पुरुषको शव फेला
महोत्तरी : गौशाला बजारमा एकजना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । स्थानीय माछा बजारमा आज एकाबिहानै एक २५ वर्षीय युवकको शव फेला परेको हो ।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाइ शव परीक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उक्त शव सर्लाही जिल्ला हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठाको रहेको बुझिएको छ ।
स्थानीयहरुको भनाई अनुसार मृतक बैठा करिब ३–४ वर्षदेखि गौशालाका विभिन्न होटलहरूमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए । उनी केही समय बिरामी रहेको र सोही क्रममा गएराति उनको मृत्यु भएको हुन सक्ने स्थानीयहरूले अनुमान गरिएको छ ।
घटनाबारे थप अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !