मधेसमा समा चकेवाको चर्चा, संगीतमय बन्दै मधेस
महोत्तरी : मधेसमा अहिले समा चकेवाको चर्चा छ। छठ पर्वको खरना दिनदेखि यस भेगमा महिलाहरू सामूहिक रूपमा समा चकेवाको लोकगीतमा झुम्ने गरिन्छ।
व्रतालुले छठपर्वको खरना विधि मनाउने तयारी गरिरहेको क्रममा युवतीहरू भने आज दिउँसो माटोको कलात्मक समा चकेवाको मुति बनाएका छन्। जुन हरेक राति सो मूर्तिलाई डालोमा राखि लोक शैलीमा गीत गाउँदै समाचकेवा खेलिने छ। दिदी बहिनी तथा दाजुभाइ बीचको अमर प्रेमको प्रतीक रहेको समा चकेवाको गीत आजदेखि घरघरमा गुन्जिन थालेको छ।
माटोले कलात्मक एवम् आकर्षक रूपमा निर्माण गरिएको समा चकेवा लगायतका पात्रहरुको मूर्तिलाई हरेक राति डालीमा राख्दै गाउँको चौवटियामा खेल्ने खेलको समा चेकवा। यो हरेक वर्ष कात्तिक शुक्ल पञ्चमी तिथि अर्थात् छठ पर्वको खरनाको दिनदेखि सुरु भई कात्तिक पूर्णिमासम्म मनाउने एउटा सांगीतिक पर्व रहेको छ।
सोही कारणले अहिले मधेसका ग्रामीण भेगमा अहिले यसै गीतको चर्चा चलेको छ। अहिले यहाँका हरेक घर, समुदाय, टोल, चौक चौराहा, हाट बजारहरू संगीतमय बनेका छन्। आज छठको खरनादेखि सुरु भएको समा चकेवा कात्तिक शुक्लपक्षको पूर्णिमाका दिनमा विसर्जन गरिनेछ।
प्रतिक्रिया दिनुहोस !