घरघरमा गुञ्जिँदै छ समाचकेवाको गीत

घरघरमा गुञ्जिँदै छ समाचकेवाको गीत

महोत्तरी : मधेसमा अहिले समाचकेवाको चर्चा छाएको छ । छठ पर्वको खरनाका दिनदेखि यस भेगमा महिलाहरू सामूहिक रूपमा समाचकेवाको लोकगीतमा झुमेको पाइएको छ । अहिले घरघरमा दिदीबहिनी तथा दाजुभाइबीचको अमर प्रेमको प्रतीक रहेको समाचकेवाको गीत घरघरमा गुञ्जिँदै छ ।

माटोले कलात्मक एवं आकर्षक रूपमा निर्माण गरिएको समा चकेवालगायत पात्रहरूको मूर्तिलाई हरेक राति डालीमा राख्दै गाउँको चौबटियामा खेल्ने खेल हो समाचकेवा । यो हरेक वर्ष कातिक शुक्ल पञ्चमी तिथि अर्थात् छठ पर्वको खरनाको दिनदेखि सुरु भई कात्तिक पूर्णिमासम्म मनाउने एउटा सांगीतिक पर्व हो ।

सहरिया भेगमा यस्ता गीत 

युट्युबलगायत सामाजिक सञ्जालमै सीमित भए तापनि ग्रामीण भेगमा भने यस्तो गीत युवतीहरूले गाउने गरेका छन् । सोही कारणले अहिले मधेसका ग्रामीण भेगमा यसै गीतको चर्चा चलेको छ । अहिले यहाँका हरेक घर, समुदाय, टोल, चोक चौराहा, हाटबजारहरू संगीतमय बनेका छन् ।

हुन त मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरू गीतसंगीतमा आधारित रहे तापनि खास गरी छठ पर्व र समाचकेवा पर्वमा आधारित लोक गीतसंगीतहरू घरघरमा गुञ्जिदै आएको गौशाला–१२ का युवा नेता दिपलाल महतोले बताए । अहिले मैथिली, भोजपुरी, हिन्दी र नेपालीलगायत भाषामा तयार पारिएका यस्ता गीतसंगीतले मिथिला क्षेत्रलाई नै संगीतमय महोल बनाएको महतोको भनाइ छ ।

विश्व २१ औं शताब्दीतर्फ लम्किरहेको समयमा हामीले आधुनीकरणको नाममा संस्कृतिलाई बिर्सन नहुने गौशालाका सञ्चारकर्मी दिनेश महतोको भनाइ छ । अहिले गाउँघरमा डिजेको बिगबिगी बढिरहेको समयमा पनि यहाँका घरघरमा यस्ता गीतहरू गुञ्जिनु आफैंमा सुखद पक्ष रहेको महतोले बताए ।
कलाको विकासतर्फ हरेकको भूमिका समान रूपमा हुनुपर्ने गौशाला बहुमुखी क्याम्पसका प्रमुख दुर्गाप्रसाद सिंहको भनाइ छ । यस्ता अभियानलाई जनजनमा पु¥याए मात्र मैथिली साहित्य र कलाको अभियान सफल हुने पूर्वप्राध्यापक सिंहले तर्क राखेका छन् । गीतसंगीत निर्माणको क्रममा स्थानीय कलाकारहरू होडबाजी गर्दा कतै न कतै भाषाको शब्द छनोटमा ध्यान नदिएको मगही भाषाका अभियानी एवं कलाकार फूलगेन महतोले औंल्याएका छन् । 

अहिले निर्माण हुने गीतसंगीतहरू सेन्सरबिना नै सामाजिक सञ्जालमा भाइरल भएपछि कतै न कतै भाषा र कलालाई समेत दूषित गर्दै आएकाले सम्बन्धित पक्षले यसतर्फ ध्यान दिनु अति आवश्यक रहेको कलाकार महतोले बताए ।

अहिले हरेक घरघर, टोल, गाउँघर, चोक चौराहा, हाटबजार, सहरको गल्ली गल्लीमा यस्ता गीतसंगीत गुञ्जिदा माहोल नै संगीतमय बन्न पुगेको हो । यस्ता गीतसंगीतहरू अहिले युट्युबमा सजिलै उपलब्ध छन् ।

मनाइयो खरना

छठ पर्वअन्तर्गत खरना विधि आइतबार साँझ घरघरमा मनाइएको छ । व्रतालुले आफ्ना कुल देवतालाई घरमै पकाएको सख्खर र चामलको खीर, नैवैद्यलगायत फूल, प्रसाद अर्पण गरेर खरना मनाएका हुन् । यसरी निष्ठापूर्वक पूजा सम्पन्न भएपछि दिनभरि नै निराहर उपवास बसेका व्रतालुले प्रसाद सपरिवार खाएका छन् ।

प्रसाद ग्रहण गरेका व्रतालुले अबको ३६ घण्टे छठ पर्वको मूल पूजाका लागि उपवास बसेका हुन् । उनीहरूले मंगलबार उदाउँसो सूर्यलाई अघ्र्य दिएपछि मात्र पारण गरिनेछ । अर्थात्ध अबको ३६ घण्टासम्म व्रतालु कठोर रूपमा छठीमैयाको उपवास बसेका हुन् ।

पूजाअन्तर्गत सोमबार साँझ जलाशयमा गई घरघरमा पकाएको ठेकुवा, भुसवा, खाजालगायत प्रसाद, फलफूल, पूजा सामग्रीसहित अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि मुख्य पूजा सम्पन्न गरिने भएको छ । त्यसैगरी, पुनः मंगलबार एका बिहानै उदाउँदो सूर्यलाई बिहानीपखको अघ्र्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.