छठ विशेष

नेपाली सेनाले पहिलो पटक छठी माईलाई दियो सलामी

नेपाली सेनाले पहिलो पटक छठी माईलाई दियो सलामी
तस्बिर : क्रान्ति शाह

वीरगन्ज : नेपाली सेनाले छठी माईलाई सलामी अर्पण गरेको छ । छठ पर्वको मुख्य दिन सोमबार संझिया घाटेका दिन वीरगन्ज महानगरपालिका वडा नम्बर- १० स्थित घडिअर्वा छठघाट पुगेर सेनाको टोलीले छठी मैया र सूर्य भगवान‍्लाई सलामी अर्पण गरेको हो । 

null

यसअघि दशैंमा सप्तमीका दिन मात्रै सेनाले नवदुर्गा भवानीलाई सलामी दिने चलन रहेकोमा यसपटक सेनाले छठी मैया र सूर्य भगवानलाई सलामी अर्पण गरेको हो । वीरगन्जको श्रीपुरस्थित नेपाली सेनाको श्री श्रीजंग गणबाट गएको टोलीले छठघाट परिसरमा रहेको सूर्य भगवानको मन्दिरमा पुगेर सलामी अर्पण गरेको हो।

छठ पूजा व्यवस्थापन समितिको आग्रहमा सेनाको टोलीले छठी माइ र सूर्य भगवानलाई सलामी अर्पण गरेको श्री श्रीजंग गणका प्रमुख सेनानी लोकेन्द्र कार्कीले जानकारी दिए। छठ पर्वप्रतिको आस्था र लोकप्रियता बढ्दै गएको भन्दै उनले सेनाले सबै धर्मसंस्कृतिको सम्मान गर्दै आएको बताए । 

null

घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहले छठ पर्वको इतिहासमै सम्भवत पहिलो पटक नेपाली सेनाले छठी माइलाई सलामी दिएको बताए । उनले भने,'गाँउबासीहरूमा सरसल्लाह गर्यौं। त्यसपछि सेनालाई आग्रह गर्यौं । सेना पनि सहमत भयो । यसपालिको छठ पूजा ऐतिहासिक भएको छ । अब यसलाई आगामी वर्षमा पनि निरन्तरता दिन्छौं ।'

null

छठी माइ र सूर्य भगवानलाई सलामी दिने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक , प्रहरी नायब उपरीक्षक किशोर लम्साल, वडाध्यक्ष सुशील साह कानु, छठ पूजा व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू प्रमानन्द साह कानु र हीरा साह कानु,  घडिअर्वा स्पोट्स क्लबका अध्यक्ष सन्तोष साहलगायत सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.