संगीतमय बन्दै छठघाट

संगीतमय बन्दै छठघाट

महोत्तरी : छठपर्व मनाउनका लागि बनाइएको घाट (पूजास्थल) अहिले संगीतमय बनेको छ। जलाशय समिप बनाएका ती घाटहरूमा अहिले विभिन्न भाषामा तयार पारिएको छठका भजनहरू घन्किरहेको छ।

जसले गर्दा छठघाटको माहौल नै रंगमन्चमा परिणत भएको छ। रात्रिमा समेत त्यही घाटमा जाग्राम भई वास बस्ने भएकाले व्रतालु तथा भक्तजनका लागि मनोरञ्जनको विभिन्न साधनहरूको प्रयोग गरिएको छ। कतै-कतै त लोक नाट्य, नृत्य प्रतियोगिता लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना समेत गरिएको छ। 

ती कार्यक्रमहरू पूजा आयोजक समितिले स्थानीयस्तरमा सहयोगी दाताहरूसँग चन्दा उठाएर ती प्रबन्ध गरेका छन्। त्यस्तै घाटलाई विभिन्न किसिमका रंगविरंगी बत्ती लगाएर सजावट गरेका छन्। पूजास्थल अहिले वास्तवमै हेर्न लायक बनाइएको छ।

गौशाला नगरपालिका-१ रामनगरस्थित मल्हनियाँपोखरीको छठघाटमा गौशाला बहुसांस्कृतिक कला केन्द्रले रातभरि नै विभिन्न कलात्मक प्रस्तुत गर्ने भएको छ। त्यस्तै गौशाला नगरपालिका-१० बटौवामा विभिन्न मैथिली कलाकारको प्रस्तुति रहेको सांगीतिक कार्यक्रमको आयोजना भइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.