नुवाकोटमा पनि मनाइयो छठ पर्व (फोटोफिचर)
नुवाकोट : तराईमा मात्र मनाइँदै आएको छठ पर्व नुवाकोटमा पनि मनाइएको छ। पहिले तराईका सर्वसाधारणले मात्र मनाउँदै आएको छठ पर्व डेढ दशकदेखि नुवाकोटका विभिन्न नदी किनारामा तराई समुदायका व्यक्तिहरूले मनाउँदै आएका छन्। २०६५ सालअघि तराईको विभिन्न स्थानमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ।
तराई मूलका नागरिकहरूले सोमबार त्रिशूली बजारमा रहेको राममन्दिरसँगै त्रिशूली नदीको किनारामा लहरै जम्मा भई छैंठी माताको पूजाआजा गर्दै छठ मनाइएको राम मन्दिरस्थित प्रसिद्ध त्रिशूली नदी किनारामा छठ पूजामा सहभागी लालबाबु गुप्ताले बताए। उनले आफूहरूलाई पहाडमा छठ पर्व मनाउन स्थानीय समुदायमा सहयोग गरेका कारण निकै खुसी लागेको बताए।
तराईका विभिन्न स्थानमा मूल घर भई नुवाकोटका विभिन्न स्थानमा पेशा, व्यवसाय तथा अध्ययन गरी बसेकाहरूले नुवाकोटको त्रिशूली नदी किनारामा रहेको राममन्दिर घाटमा सामूहिक रूपमा छठ पर्व मनाएका हुन्। सांगीतिक वातावरणमा छैठी माताको पूजा आराधनासहित एकै पटक सयौं जनाले सामूहिक छठ मनाएका हुन्।
कार्तिक शुक्ल चतुर्दशीका दिनबाट सुरु हुने छठ पर्व सूर्यको आराधना गरी नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ। छठ मनाउन नदी किनारामा पुगेका उनीहरूलाई पहाडी समुदायका सर्वसाधारणले समेत साथ दिएका छन्।














प्रतिक्रिया दिनुहोस !