प्रहरी कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न १५ जना पक्राउ

प्रहरी कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न १५ जना पक्राउ

काठमाडौं : गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनका क्रममा प्रहरी कार्यालयमा आगजनी, तोडफोड, चोरी तथा लुटपाटमा संलग्न रही हतियार प्रदर्शन गर्ने १५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास– ५ घर भइ  काठमाडौं महानगरपालिका–३१ बस्ने २५ वर्षीय सुनवाईवा, दोलखाको मेलुङ गाउँपालिका–६ घर भइ काठमाडौं महानगरपालिका–३२ बस्ने २४ वर्षीय युवराज भण्डारी, कञ्चनपुरको भिमदत्त नगरपालिका–६ घर भइ काठमाडौं महानगरपालिका–३१बस्ने २५ वर्षीय अनिल बुढा,  गोरखाको आजिरकोट गाउँपालिका–५ घर भएका २१ वर्षीय निखिल भुजेल र भारतको राजस्थान घर भइ गोकर्णेश्वर नगरपालिका–६ बस्ने २४ वर्षीय सोयव खान रहेका छन्। 
 

यस्तै प्रहरीका अनुसार कञ्चनपुरको महेन्द्रनगर घर भइ च्यासल बस्ने  २० वर्षीय विकाश आग्री, दोलखाको शैलुङ गाँउपालिका–८ घर भइ चन्द्रागिरी नगरपालिका  बस्ने २१ वर्षीय तिर्थमान तामाङ, मकवानपुर बकैया गाउँपालिका–१ घर भएका २७ वर्षीय  राजेश तामाङ,  नागार्जुन नगरपालिका– ८ का ३२ वर्षीय मोहन तामाङ, नुवाकोटको ककनि गाउँपालिका–१ घर भएका ३१ वर्षीय सुवाष तामाङ, सिन्धुलीको सुनकोसी गाउँपालिका–१ घर भएका २५ वर्षीय सुचेन तामाङ, काभ्रेको धुलिखेल नगरपालिका–११ घर भएका ४१ वर्षीय सुवाष गोतामे, कंचनपुरको बेलौरी नगरपालिका–१  घर भइ टोखा नगरपालिका–५ बस्ने २७ वर्षीय भुवन शाही, सिन्धुपाल्चोकको इरखु गाउँपालिका–१ घर भइ कागेश्वरी मनोहरा बस्ने २९ वर्षीय सविन राई र महोत्तरीको लोहरपट्टी गाउँपालिका–७ बस्ने २४ वर्षीय गोबिन्द कुमार ठाकुर पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवन कुमार भट्टराईले नियन्त्रणमा लिएकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.