पाल्पामा ईभी भ्यान दुर्घटना : तीनजना गम्भीर घाइते
पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिका-४ पिपलभञ्ज्याङ्गमा लु प ०००१ ज ००९१ नम्बरको इभी भ्यान दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते अवस्थाका चालकसहित तीनजनालाई घटनास्थलबाट उद्धार गरी अस्पतालतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी कमल प्रधानले बताए ।
बुधबार बिहान बुटवलबाट छहरा मेहालढापको लागि छुटेको भ्यान दुर्घटनामा परेको हो। बुधबार दिउँसो करिब साढे १ बजेतिर दुर्घटना भएको स्थानीयवासी ईश्वर ज्ञवालीले बताए । ईभी भ्यान सडकबाट १ हजार ५ मिटर तल खसेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !