भारतविरुद्ध मैत्रीपूर्ण खेलको कप्तानी अनिताले गर्ने, राष्ट्रिय टिममा पूर्णिमाको डेब्यु
काठमाडौं : नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी अनिता बस्नेतले गर्ने भएकी छन्। राष्ट्रिय टिमकी नियमित कप्तान सावित्रा भण्डारी आजको खेलमा उपलब्ध नहुँदा अनिताले कप्तानी गर्ने भएकी हुन्।
आजको खेलमा प्रायः नयाँ खेलाडीले मौका पाएका छन्। यु-२० टिमकी फर्वाड पूर्णिमा राईले आजको खेलबाट सिनियर टिममा डेब्यु गर्ने भएकी छन्। यसअघि भारतसँगको खेलमा यु-२० अर्की फर्वाड मीना देउवाले सिनियर टिममा डेब्यु गरिसकेकी छन्।
आजको खेलमा गोलपोष्ट उषा नाथले सम्हाल्ने भएकी छन्। एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबल खेल्न जाँदा उनले अन्जना राना मगरलाई बेन्चमा राख्दै मौका बनाएकी हुन्।
भारतविरुद्ध खेल्ने नेपाली टोली
अनिता बस्नेत (कप्तान), प्रतिक्षा चौधरी, मीना देउवा, सरु लिम्बु, हिरा कुमारी भुजेल, उषा नाथ (गोलकिपर), निशा थोकर, विमला विक, पूर्णिमा राई, सरस्वती हमाल र रश्मि कुमारी घिसिङ
प्रतिक्रिया दिनुहोस !