मैत्रीपूर्ण खेल : नेपाल र भारतबीच पहिलो हाफको खेलमा १-१ गोलको बराबरी
काठमाडौं : नेपाल र भारत बीचको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाल र भारत दुवै टोलीले १-१ गोल गरेका छन्। सिक्किमको पाल्जोर रङ्गशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपाल र भारतले एक बराबरीको स्कोर बनाएका छन्।
खेलको ३०औं मिनेटमा भारतका लागि सोमिया गुगलोथले दुईजना डिफेन्डर र गोलकिपरलाई बिट गर्दै भारतका लागि गोल गरेकी हुन्। उनको गोलसँगै भारतले १-९को अग्रता बनाएको थियो।
पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा नेपालका लागि रश्मीकुमारीगी सिंहले गोल गर्दै नेपाललाई एकएक बराबरीको स्थितिमा ल्याइन्। अनिता बस्नेतले हानेको कर्नरमा हल्का हेडर गर्दै रश्मीले गोल गरेकी हुन्। आजको खेलमा नेपालका लागि पूर्णिमा राईले सिनियर टिममा डेब्यु गरेकी छन्। आजको खेलमा उषा नाथले गोल पोस्ट सम्हालेकी छन् भने अनिता बस्नेतले खेलको कप्तानी गरिरहेकी छन्।
प्रतिक्रिया दिनुहोस !