बैतडीमा जात्राबाट फर्किरहेका यात्रु बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, चार घाइते

बैतडीमा जात्राबाट फर्किरहेका यात्रु बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, चार घाइते

बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका-५ को सुल्लेखानबाट मेलौली–२ सलेनातर्फ आइरहेको से १ ज ७३२ नम्बरको जिप मेलौली नगरपालिका–७ स्वाखानीमा बुधबार राति ११ बजे दुर्घटनामा परेको हो। 

दुर्घटनामा परी मेलौली नगरपालिका–२ की २३ वर्षीय तुलसि पाण्डेयको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए। गम्भीर घाइते पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।  

सो दुर्घटनामा परि अन्य चार जना घाइते भएका छन्। मेलौली नगरपालिका–२ का ३४ वर्षीय हरि पाण्डेय, सोही ठाउँका २८ वर्षीय ओम पाण्डेय, ६५ वर्षीय डम्बरदत्त पाण्डेय र दशरथचन्द नगरपालिका–७ का ३२ वर्षीय जिप चालक जनक बडू घाइते भएका प्रहरी निरीक्षक बडूले जानकारी दिए।  

घाइतेहरूलाई थप उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिपमा पाँच जना मात्रै सवार थिए। 
जिप आफैं अनियन्त्रित भएर सडकबाट १० मिटर तल खसेको थियो। दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए। 
उक्त जिपमा बुधबार सम्पन्न शिवनाथ धाममा लागेको जात्रा हेरेर फर्किरहेका यात्रु रहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.