रोहितको सतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य

रोहितको सतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य

काठमाडौं : नेपालले युएईलाई २३४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।  आइसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालका कप्तान रोहित पौडेलको सतकीय पारीसहित नेपालले २३४ रनको लक्ष्य दिएको हो।

युएईको आइसीसी एकेडेमीमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३३ रन बनायो। नेपालका लागि कप्तान रोहित पौडेलले १३० बलमा ५ चौका र २ छक्कासहित १०९ रनको शतकीय पारी खेले। 

ओपनर आसिफ शेखले ३५ रन बनाए। आरिफ शेखले २७ रन बनाए। आरिफले कप्तान रोहितसँग चौथो विकेटका लागि ७० रनको अर्धशतकीय साझेदारी गरेका थिए। 

पाँचौं विकेटको रुपमा दीपेन्द्र सिंह ऐरी रन आउट भए। उनले पाँचौं विकेटको लागि कप्तान रोहितसँग ५४ रनको साझेदारी गरेका थिए। उनी ४१.२ ओभरमा रन आउट भए। त्यसपछि आएका गुल्सन झा डकआउट भए। सोमपाल कामी ६ रनमा बोल्ड भए। 

करण केसी १३ रनमा क्याच भए। सन्दीप लामिछाने ३ रनमा अविजित रहे। ललित अन्तिम बलमा क्याच हुँदा नेपाल अलआउट भएको हो। युएईका लागि जहिद अलिले सर्वाधिक ४ विकेट लिए। जुनैद सिद्धिकीले ३ विकेट लिँदा मोहम्मद रोहिद, हैदर अलिले १-१ विकेट लिए। नेपाल जारी प्रतियोगिताको पहिलो खेलमा अमेरिकासँग  १०६ रनले पराजित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.