अविरल वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध

काभ्रे : अविरल वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ। बीपी राजमार्गअन्तर्गत काभ्रे जिल्लाभित्र चौकीडाँडा, चारसयबेसी, डालाबेसी, बिरुवाडाँडा, बोक्सीकुना, नार्के लगायत स्थानहरूमा पहिरो तथा लेदो खसेर दुईतर्फी रूपमा सडक अवरुद्ध भएको डीएसपी रविन विष्टले बताए।

ठाउँ ठाउँको अवरोध हटाई सडक सञ्चालन गर्न समय लाग्ने भएकाले सुरक्षित यात्राका लागि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न डीएसपी विष्टले यात्रुहरूलाई अनुरोध गरेका छन्।

पहिरो खसेका स्थानहरूमा पहिरो हटाउने काम गरिरहेको भए पनि पानी निरन्तर परिरहेको कारण समस्या भएको सडक विभागका सुपरीभाइजर चन्द्रबहादुर लामाले जानकारी दिए।

null

६/७ स्थानमा राजमार्ग अवरुद्ध रहेको र पानी कम भए छिट्टै खुलाउन सकिने लामाले बताए। बीपी राजमार्ग हुँदै पूर्वतर्फ जाने सवारी धुलिखेल र काभ्रे भञ्ज्याङमै रोकिएका छन्। सिन्धुली हुँदै धुलिखेलतर्फ आउने सवारी नेपालथोक र मंगलटारमा रोकिएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक सुनिल धुजुले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.