मनास्लु क्षेत्रमा विदेशी पर्यटक पहिरोमा पुरिए
गोरखा : मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएका छन् । चुमनुब्री- ३ न्याकफेदीनेर झरेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए ।
न्याकफेदीभन्दा केहीमाथि भीरमा शुक्रबार दिउँसो दुईबजेतिर उक्त घटना भएको उनले बताए । उनलाई भीरबाट झरेको ढुंगा लागेको थियो। 'टाउको मात्र देखिएको छ, उनले भने, 'उहाँको श्रीमान र मचाहिँ सकुशल छौँ ।'
त्यतिबेला ठूलो पर्टकको समूह रहेको उनले बताए । 'पर्यटक पुरिए पनि पहिरोको डरले कसैले उद्धार गर्न सकेन,' उनले भने । घटनास्थल बस्तीबाट धेरै टाढा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए ।
त्यसतर्फ फिलिम चौकीबाट प्रहरी पठाइ सकिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !