पहिरोले गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध
अर्घाखाँची : लगातारको झरीले रिब्दीमा पहिरो जाँदा गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध भएको छ।
गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डअन्तर्गत सन्धिखर्क नगरपालिका–६ नरपानीदेखि घुम्टी नजिक रिब्दी भन्ने स्थानमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो।
पहिरोले अवरुद्ध सडक सुचारु गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !