कारागारबाट भागेर पोखराको प्रहरी कार्यालय आगजनी गर्ने एक जना पक्राउ

कारागारबाट भागेर पोखराको प्रहरी कार्यालय आगजनी गर्ने एक जना पक्राउ

पोखरा : भदौ २४ गतेको आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आगजनी, तोडफोड तथा लुटपाट गरेको आरोपमा कास्की प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। कास्की प्रहरीले पोखरा महानगरपालिका–७ घारीपाटन बस्ने २६ वर्षीय विवश जलारीलाई चोरी भएको सामानसहित पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय, कास्कीले जारी गरेको  विज्ञप्ति अनुसार जलारीलाई कात्तिक १३ गते पक्राउ गरिएको थियो। उनीबाट वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको क्यानोन कम्पनीको सोको डिजिटल क्यामेरा १ थान र नम्बर प्लेट नभएको २०० सिसीको एनएस मोटरसाइकल १ थान बरामद भएको छ।

प्रहरीका अनुसार जलारी भदौ २४ गतेको आन्दोलनका क्रममा कारागारबाट भागेका थिए। उनी ज्यान मार्ने उद्योग मुद्दामा कारागार कास्कीमा थुनामा रहेको पनि खुल्न आएको छ। 

पक्राउपछि जिल्ला अदालत कास्कीबाट आपराधिक उपद्रव सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी जलारीमाथि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरिबहादुर बस्नेतले बताए। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी राखेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.