महाधिवेशनको विषयमा कांग्रेस पदाधिकारी बैठकमा जुटेन सहमति

महाधिवेशनको विषयमा कांग्रेस पदाधिकारी बैठकमा जुटेन सहमति

काठमाडौं : पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा सहमति जुटाउन बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक निष्कर्षविहीन भएको छ। पार्टी कार्यालय सानेपामा शनिबार बसेको बैठकमा महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल भएपनि कुनै सहमति हुन नसकेको हो। 

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन निर्वाचन अघि गर्ने वा निर्वाचनपछि गर्ने भन्ने विषयमा देखिएको मतान्तरमाथि छलफल भएपनि अहिलेसम्म कुनै सहमति हुन नसकेको जानकारी दिए। केन्द्रीय समितिबाट महाधिवेशनका विषयमा सर्वसम्मत निर्णय गर्नेमा आफूहरूको ध्यान केन्द्रित भएको उनले बताए। 

प्रवक्ता महतले सहमतिबाटै केन्द्रीय समितिले महाधिवेशनका बारेमा निर्णय गर्ने विश्वास व्यक्त गरे।  

त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महासमिति सदस्यहरूको राय लिएर महाधिवेशनको विषयलाई टुङ्ग्याउन सकिने धारणा राखे। उनले महाधिवेशनका विषयमा केन्द्रीय समिति बैठकमा सहमतिपूर्वक एउटा प्रस्ताव मात्रै लैजानुपर्ने भन्दै विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरलाई कसैले अवमूल्यन गर्न नमिल्ने जिकिर गरे। मंसिर वा वैशाख भनेर छलफलमा रहेका महाधिवेशनको दुई मितिभन्दा मध्यमार्गी समाधानका लागि पुस १६ देखि १९ को मितिमा सहमत बन्न सुझाव दिएको उनले बताए।  

महाधिवेशनको विषयमा पार्टीभित्र विवाद हुँदा शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। कांग्रेसका संस्थापन पक्ष प्रतिनिधिसभाको निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने संस्थापनइतर समूह निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने अडानमा कायम छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.