माओवादीले भन्यो- तत्काल पार्टी एकता नभए चुनाव नहुन पनि सक्छ

माओवादीले भन्यो- तत्काल पार्टी एकता नभए चुनाव नहुन पनि सक्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताका लागि सैद्धान्तिक र नीतिगत विषयमा टुंगो लागेको बताएको छ। 

पार्टी प्रवक्त अग्नि सापकोटाले एकीकृत समाजवादी, महेन्द्रराय यादवको नेसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीसँग छिट्टै एकता घोषणा हुने बताए। यद्यपि एकताका लागि प्राविधिक कुरा टुंगिन बाँकी रहेको उनले बताए।

उनले तत्काल पार्टी एकता नभए फागुन २१ गतेको चुनाव नहुन पनि सक्ने दाबी गरे। 'एकता ढिला गर्नु हुँदैन। किनकिन राष्ट्र झन् झन् अराजकता र संकटतिर गइरहेको छ। तत्काल पार्टी एकता गरेर पहलकदमी नलिए फागुन २१ को चुनाव पनि हुने सम्भावना छैन,' उनले भने। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.