मनासलु क्षेत्रका घाइते पर्यटकको तीन दिनपछि उद्धार
गोरखा : मनास्लु क्षेत्र भ्रमणका घाइते भएका एक नेपाली पर्यटकको तीन दिनपछि शनिबार उद्धार गरिएको छ। चुमनुब्री–५ को बुरमा गत बिहीबार ढुंगा खसेर घाइते भएका मिनुइन्द्र लम्सालको शनिबार उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए।
सिम्रिक एयरको हेलिकोप्टरमार्फत शनिबार उद्धार गरिएको उनले बताए। लार्केपासका लागि गएका उनीसहित तीनजना टोली बिहीबार बिहान फर्कँदा बुरको पहिरोबाट झरेको ढुंगाले टाउकोमा लागेर गम्भीर घाइते भएका थिए। उनको बिहीस्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको थियो । प्रतिकूल मौसमका कारण हेलिकोप्टरको उद्धार उडान गर्न नसकेर घाइतेको उद्धारमा ढिलाइ भएको हो।
प्रतिक्रिया दिनुहोस !