भारतको गृह मन्त्रालयले भन्यो- नेपाली नागरिकप्रति कुनै प्रकारको पूर्वाग्रह वा भेदभाव राख्दैनौं

भारतको गृह मन्त्रालयले भन्यो- नेपाली नागरिकप्रति कुनै प्रकारको पूर्वाग्रह वा भेदभाव राख्दैनौं

काठमाडौं : भारतको गृह मन्त्रालयले नेपाली नागरिकप्रति कुनै प्रकारको पूर्वाग्रह वा भेदभाव नराखेको स्पष्ट पारेको छ। एयर इन्डियाको विमानबाट दिल्ली हुँदै जर्मनी जान लागेकी एक नेपाली नागरिकलाई अध्यागमन अधिकारीहरूले अपमान गरेको आरोप लगाएपछि गृह मन्त्रालयले प्रस्टीकरण दिएको हो।

गृह मन्त्रालयले उक्त घटनालाई नेपाली नागरिकहरूप्रति पक्षपात वा भेदभाव गरेको भनेर गलत तरिकाले प्रस्तुत गरिएको उल्लेख गरेको छ। 

'यस विषयमा स्पष्ट पार्न चाहन्छौं कि उक्त घटनामा अध्यागमन अधिकारीहरूको कुनै भूमिका छैन। ती यात्रु एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट दिल्ली आइपुगेकी थिइन्। दिल्लीलाई ट्रान्जिटको रूपमा प्रयोग गरेकी उनलाई कतार एयरवेजको विमानमा चढ्ने क्रममा रोकियो। एयरलाइन्सले नै उनको भिसा वैधताको आधारमा जर्मनीतर्फको यात्रा जारी राख्न अनुमति नदिने निर्णय गर्‍यो र उनलाई काठमाडौं फर्काइयो। सामान्यतः यस्तो निर्णय गन्तव्य देशका नियम तथा आवश्यकताअनुसार गरिन्छ,' गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अन्तर्राष्ट्रिय ट्रान्जिटमा यात्रुहरूले आफ्नो अगाडिको यात्राका लागि अध्यागमन विभागसँग सम्पर्क गर्न नपर्ने गृह मन्त्रालयले उल्लेख गरेको छ। 'यो एयरलाइन्स र यात्रुबीचको विषय हो। यसमा अध्यागमन अधिकारीहरूको कुनै भूमिका हुँदैन। भारत नेपालसँगको आफ्नो बलियो सम्बन्धलाई महत्व दिन्छ र कुनै पनि भारतीय अधिकारीसँग नेपाली नागरिकप्रति कुनै प्रकारको पूर्वाग्रह वा भेदभाव नभएको आश्वस्त गर्दछ,' विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.