हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पायो मान्यता
काठमाडौं : निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई आधिकारिकता प्रदान गरेको छ।
आइतबार आयोगले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई राजनीतिक दल दर्ता प्रमाणपत्र प्रदान गरेको हो। आयोगमा २ सय ४ नम्बरमा दर्ता भएको श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका-४ मा रहने प्रमाणपत्रमा उल्लेख छ।
आफ्नो दलले औपचारिक मान्यता पाएपछि साम्पाङले देश विकासका लागि श्रमको परिचालन गर्ने लक्ष्यका साथ अघि बढ्ने बताए। युवाहरूलाई श्रममा जोड्न सामाजिक अभियानको जागरणलाई प्रभावकारी रूपमा अघि बढाइने उनको भनाइ छ।
उनले धरान उपमहानगरपालिकाभित्र रहँदा मेयर र बाहिर निस्कँदा सामाजिक अभियान्ताका रूपमा प्रस्तुत हुने उल्लेख गरे। हालः उक्त पार्टीमा पाँच पदाधिकारीसहित २८ केन्द्रीय सदस्य छन्। चुनाव चिन्ह भने माटोको ढिस्को राखिएको छ।
प्रतिक्रिया दिनुहोस !