भद्रपुर–गलगलिया सीमा नाका ७२ घण्टा बन्द हुने
झापा : झापाको भद्रपुर–गलगलिया सीमा नाका ७२ घण्टा बन्द हुने भएको छ। भारतको बिहारमा हुने विधानसभा निर्वाचनलाई लक्षित गरी भद्रपुर–गलगलिया सीमा नाका बन्द हुन लागेको हो।
भद्रपुर–गलगलिया सीमा नाका किशनगञ्ज जिल्ला अन्तरगत परेकोले नोभेम्बर ८ तारिख साँझ ५ देखि नोभेम्बर ११ तारिख साँझ ५ बजे (कार्तिक २२ गते शनिबारदेखि कार्तिक २५ गते मंगलबार)सम्म बन्द गरिने सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका डीएसपी दयाराम पौडेलले जानकारी दिए।
अतिआवश्यक कामबाहेक दुवै देशका नागरिकलाई सीमा प्रवेशमा निषेध गरिने उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस !