तराई–मधेशमा मनाइने समाचकेवा पर्व सकियो, यस्तो छ पौराणिक गाथा

तराई–मधेशमा मनाइने समाचकेवा पर्व सकियो, यस्तो छ पौराणिक गाथा

महोत्तरी : तराई–मधेशमा १५ दिनसम्म मनाइने समाचकेवा पर्व गएरातिदेखि सकिएको छ। मध्यरातिमा दाजुभाइले माटोले निर्मित समाचकेवाको मूर्तिलाई तिघ्रामा राखी फुटाएपछि समाचकेवा पर्व सकिएको हो। 

कात्तिक पूर्णिमाका मध्यरातिमा तराई–मधेशका लगातार १५ दिनसम्म रातिको समयमा खेलिने समाचकेवा पर्व गएरातिदेखि सम्पन्न भएको छ। मिथिलान्चलमा छोरीको बिदाइ गर्ने हरेक विधि अपनाएर मध्यरातिमा समाचकेवासँग सम्बन्धित सामग्रीलाई पायक पर्ने खाली खेतमा लगेर विसर्जन गरिएको हो। 

समाचकेवा फुटाउने स्थानमा दिदीबहिनीले च्युरा तथा गुणले फाड भराएका थिए। सो क्रममा दाजुभाइले दक्षता अनुरूप उपहार तथा नगद रकम कोसेली स्वरूप दिने गर्छन्। दाजुभाइलाई उनीहरूले मिष्ठान परिकार खुवाएका थिए। 

बुधबार साँझ समूहगत रूपमा गाउँको चौवटियामा ढाकीमा रंगिविरंगी समाचकेवाको मूर्तिसहित भेला भएका दिदीबहिनीले मध्यरातिसम्म लोकगीतमार्फत आ–आफ्ना दाजुभाइको बखान गरेका थिए। सोही गीतमार्फत उनीहरूले दाजुभाइको सौर्य, दीर्घायु र प्रगतिको कामना गरेका थिए। 

दिदीबहिनी तथा दाजुभाइको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले कार्तिक शुक्लपक्षको पञ्चमी तिथि अर्थात् छठ पर्वको खरनाका दिनदेखि सुरु भएको यो पर्व पूर्णिमाको मध्यरातिमा विधिवत् रूपमा समापन गरिन्छ।  

यस्तो छ पौराणिक गाथा 
द्वापर युगमा श्रीकृष्णकी सुपुत्री सामा वृन्दावन जंङ्गलमा घुमघामगर्न जाँदा ऋषिसँग रमन गरेको झुटो कुरा सेविका डिहुलीले कृष्ण समक्ष लगाएकाले आवेसमा आएर कृष्णले सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिएपछि सामाका भाइ साम्बले सो सुन्नासाथ दिदी सामालाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरेपछि तपस्याबाट खुसी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरेका पुराणमा उल्लेख छ।

भाइले दिदीलाई श्रापबाट मुक्त गराएकाले सोही दिनदेखि माटाको सामाचकेवा पर्व मनाउ थालिएको महिलाहरूले बताएका छन्।

एक–अर्का प्रसंङ्गमा द्वापर युगमा भगवान श्रीकृष्णले आफ्नो बाल्यकाल गोकुलमा बिताई मथुरामा आएपछि राधिका र भगवान कृष्णका १६ हजार गोपिनीहरूले भगवान कृष्णको सम्झनामा मनाउने समाचकेवा कालान्तरमा दाजु बहिनीको प्रेम र सदभावको मौलिक पर्वमा रूपान्तरित भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.