महाधिवेशनबारे कांग्रेस बैठक अझै अनिर्णीत

महाधिवेशनबारे कांग्रेस बैठक अझै अनिर्णीत
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको १५औं महाधिवेशन नियमित गर्ने वा विशेष महाधिवेशन गर्ने भन्नेमा केन्द्रित भएको छ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको महाधिवेशनको कार्यतालिकाको सन्दर्भमा सदस्यहरूको फरक फरक धारणा आएको हो। महाधिवेशनका विषयमा एकमत हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ।

मंगलबार बसेको बैठकपछि कांग्रेस नेता राजेन्द्रकुमार केसीले महाधिवशेनका साथै पछिल्लो राजनीतिक घटनाका क्रममा विषयमा सदस्यहरुले धारणा राखेको बताए। मंसिरमा अवधि सकिने भएकाले त्यसअघि नै नियमित रूपमा महाधिवेशन गर्नुपर्ने अधिकांशको धारणा रहेको उनको भनाइ छ। उनले चुनावमा पार्टीले भाग लिने निर्णय गरेको अवस्थामा त्यसअघि नै नेतृत्व चयन गर्नुपर्ने आफ्नो मत रहेको बताए।

असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५औँ महाधिवेशन सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको छ। मंगलबार सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दिपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवबिक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले धारणा राखेका थिए। बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने कांग्रेसले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.