अनेरास्ववियुले भन्यो- कायरतापूर्वक राजीनामा दिएका निवर्तमान अध्यक्षको पछि नलाग्नू

अनेरास्ववियुले भन्यो- कायरतापूर्वक राजीनामा दिएका निवर्तमान अध्यक्षको पछि नलाग्नू

काठमाडौं : अनेरास्ववियुले पद परित्याग गरेका निवर्तमान अध्यक्ष सुजन कडरियाले गैरजिम्मेवार र अराजक हर्कत देखाएको आरोप लगाएको छ। कडरियाले आधिकारिक फेसबुक पेज र संगठनको लेटरप्याडसमेत दुरुपयोग गरेको भन्दै अनेरास्ववियुका महासचिव दीपक धामीले विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति जनाएका हुन्।

'जेनजी आन्दोलनपश्चात देशमा घटित परिस्थितिको हवाला दिई दृढतापूर्वक नेतृत्व गर्नुपर्ने बेला संगठनलाई ध्वस्त पार्ने नियतका साथ कायरतापूर्वक राजीनामा दिएर अध्यक्ष पद परित्याग गरेका निवर्तमान अध्यक्ष सुजन कडरियाले गरेको गैरजिम्मेवार, अराजक र अनुशासनहीन हर्कतप्रति अनेरास्ववियु घोर भत्सर्ना गर्दछ,' जारी विज्ञप्तिमा भनिएको छ। 

संगठनको गरिमालाई धुलिसात गर्ने, आफ्नो निहित स्वार्थका लागि संगठनको गरिमामाथि बुट बजार्ने, अनधिकृतरूपमा संगठनको केन्द्रीय कार्यालयमा प्रवेश गरी तोडफोड गर्नेजस्ता अराजक र अराजनीतिक गतिविधिहरू तुरून्तै बन्द गर्न विज्ञप्तिमार्फत चेतावनी दिइएको छ। 

'संगठनप्रति आस्थावान आम कार्यकर्तालाई यस्ता क्रियाकलापबाट टाढा रहन र राजनीतिक नैतिकता गुमाइसकेको व्यक्तिलाई स्थापित गर्न र संगठनको आन्तरिक जीवनमा विभाजन गर्न दिनरात नभनि लागेका केही असन्तुष्ट तत्वहरूबाट भ्रमित नभई संगठनको मूल्यमान्यता तथा अनुशासनमा रही आफ्ना जिम्मेवारी पूरा गर्न हार्दिक अनुरोध गर्दछौं,' विज्ञप्तिमा भनिएको छ।

जेनजी आन्दोलनका दिन गत भदौ २३ गते डा. कडरियाले फेसबुकमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेको थिए। त्यसपश्चात असन्तुष्ट पक्षले कडरियाको कार्यकक्षबाट नेमप्लेट हटाउने र तोडफोड गरेका थिए। 

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ‘घर फर्क अभियान’ सुरु गर्ने घोषणा गर्दै कडरियाले सबैलाई पार्टी र संगठनमा पुनः एकताको भावना जगाउन आग्रह गरेका थिए। कडरियाले भदौ २३ गतेको विद्यार्थी आन्दोलनका बेला विद्यालय पोसाकमा विद्यार्थी ढलेको दृश्य देखेपछि आफू र धेरै साथीहरूले संगठनबाट राजीनामा दिएको उल्लेख गरेका छन्। तर, भदौ २४ गतेको आन्दोलनमा घुसपैठको विषयपछि देशभरका साथीहरूको सुझावमा पुनः जिम्मेवारीमा फर्किएको कडरियाको भनाइ छ। उनले लेखेका छन्,‘हामी असहाय छैनौं, हामी हारिएका छैनौं, हामी टुटेका छैनौं। फर्केर आउनुहोस्, घर अझै उस्तै छ। हाम्रो झण्डामा अझै उस्तै साहस छ, हाम्रो हातमा अझै उस्तै भविष्य छ।’

उनी काममा फर्किएपश्चात महासचिव धामीले विज्ञप्ति जारी गरेका हुन्। आन्दोलन साम्य भएपछि जिम्मेवारीमा फर्कन खोजेको भन्दै उनको अखिलभित्रै आलोचना भएको थियो। उनीसँगै अन्य केन्द्रीय सदस्यले समेत राजीनामा दिएका थिए। अखिलका केन्द्रीय पदाधिकारी तथा सदस्यले भने तत्काल बैठक बोलाउन माग गरेका छन्।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.