कोल्सावालले पुनः कर्णालीबाटै खेल्ने
काठमाडौं : कर्णाली याक्स स्पोट्स प्रा.लीले भारतीय खेलाडी जयकिसन कोल्सावाललाई अनुबन्ध गरेको छ। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले छैटौं विदेशी खेलाडी अनुबन्ध गरेको हो। योसँगै कर्णालीको विदेशी कोटा पूरा भएको छ।
कर्णाली याक्सले पाँच विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा स्कटल्यान्डका जेम्स वाट, नेदरल्यान्ड्सका म्याक्स ओ डाउड, भारतका प्रियाङ्क किरित पन्चाल र अफगानिस्तानका नाजिवुल्लाह जाद्रनले पहिलो पटक कर्णालीबाट खेल्दैछन्।
३६ वर्षीय भारतीय आक्रमक ब्याटरले दोस्रो पटक कर्णाली याक्सबाट खेल्न लागेका हुन्। विकेट किपर समेत रहेका कोल्सावालले दुई खेल खेल्दा चितवनविरुद्ध अर्धसतक बनाएका थिए । नेपाली नेपाली क्रिकेटको लागि परिचित खेलाडी समेत हुन्। यसअघि धनगढी प्रिमियर लिग पनि खेलेका थिए।
२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन्।
कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो।
प्रतिक्रिया दिनुहोस !