एनपीएल दोस्रो सिजनमा काठमान्डुको विजयी सुरुवात

एनपीएल दोस्रो सिजनमा काठमान्डुको विजयी सुरुवात
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा काठमान्डु गोर्खाजले साविक वितेजा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको छ। 

त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो। जनकपुरले दिएको १३१ रनको विजयी लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले १८ ओभरमा ५ विकेट गुमाउँदै १३१ रनको लक्ष्य पूरा गरेको हो। 

गोर्खाजका लागि ओपनर ब्याटर वेन चार्लेसवर्थले सर्वाधिक४६ रन बनाए। उनले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। पहिलो विकेटका लागि उनले आकाश त्रिपाठीसँग ७० रनको साझेदारी गरेका थिए। भीम सार्की ३ रनमा क्याच भए। आकाश त्रिपाठीले ४५ बलमा ५ चौकासहित ३९ रन बनाए। मिलिन्द कुमारले २२बलमा १९ रन बनाएर क्याच भए। जोन सिम्पसन १३ रनमा एलबीडब्ल्यू आउट भए। मोहम्मद आदिल आलम ८ र जेहरार्ड इरास्मस १ रनमा अविजित रहे। 

जनकपुर बोल्ट्सका लागि किशोर महतो, ललित राजवंशी, निकोल लोफ्टी इटोन र सञ्जय कृष्णमुर्ति र अनिल शाहले १-१ विकेट लिए। 

त्यसअघि ब्याटिङ गरेको जनकपुर बोल्ट्सका लागि मार्की खेलाडी रहेका आसिफ शेखले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले। उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरेका हुन्।
 
ओपनर लाहिरु मिलान्थाले ७ रन बनाउँदा कप्तान अनिल शाह डकआउट भए। निकोल लोफ्टी इटोन र सञ्जय कृष्णमुर्ति समान २-२ रनमा पेभेलियन फर्किए। 

१० ओभरको खेल सकिँदा जनकपुर बोल्ट्सले ४ विकेटको क्षतीमा ५६ रन बनाएको थियो। १७ ओभरमा ५ विकेट गुमाउँदै १०० रन पूरा गरेको हो। जनकपुरका लागि मयन यादव र लाहिरु समाराकोनले छैटौं विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए। मयन यादव ३४ र किशोर महतो ४ रनमा अविजित रहे। 

काठमान्डु गोर्खाजको लागि अमेरिकन अलराउन्डर मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए। साहब आलम, करण केसी र सन्तोष यादवले १-१ विकेट लिए। काठमान्डु गोर्खाजले बुधबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। जनकपुरको दोस्रो खेल अर्को हप्ता सोमबार विराटनगर किंग्ससँग खेल्नेछ। 

मंगलबार डबल हेडर रहेको छ। पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सले ११:४५ मा खेल्नेछन्। दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिडेनेछन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.