एमाले र जेनजी समूहबीच झडप, सिमरामा कर्फ्यू

एमाले र जेनजी समूहबीच झडप, सिमरामा कर्फ्यू

बारा : जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ। बाराको सिमरामा नेकपा एमाले र जेनजी युवाबीच झडप भएपछि स्थिति भड्किन नदिन स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो।

एमाले नेता महेश बस्नेत आउने भएपछि जेनजीहरूले विरोध गरेका थिए। मधेश प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन बस्नेत आज बारा आउने कार्यक्रम तय भएपछि जेनजीहरू आन्दोलित बनेका हुन्।

गण्डकी नहरदेखि पथलैया खडक खण्ड राजमार्गको दायाँ बायाँ ५०० मिटरसम्म, सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यू जारी भएको छ।

बुधबार दिउँसो १२ : ३० बजेदेखि बेलुका ८ बजेसम्म तोकिएको स्थानमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला,जुलुस, प्रदर्शन,सभा ,बैठक,घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.