पितृको सम्झनामा नुवाकोटका शिवधाममा छरियो सतबीज

पितृको सम्झनामा नुवाकोटका शिवधाममा छरियो सतबीज
तस्बिर : अन्नपूर्ण

नुवाकोट : बालाचतुर्दशीको अवसरमा नुवाकोटको विभिन्न शिवधाम तथा महादेव मन्दिरमा सतबीज छर्ने मेला सम्पन्न भएको छ । विदुर नगरपालिका- ५ देवीघाटमा रहेको शिवधामलगायत नुवाकोटका विभिन्न धाममा रहेका शिव मन्दिर तथा देवालयमा सतबीज छर्नका लागि रातभर जाग्राम बसेर हजारौं सर्वसाधारणले आफ्ना दिवंगत पितृहरुको सम्झना गर्दै बुधबार बिहान सतबिज छरेका हुन् । 

null

नुवाकोटको देवीघाटस्थित शिवधाम, तारुकाको तारकेश्वर, वेत्रावति, कविलास, थानसिङ, छहरेलगायतका स्थानमा रहेका शिव मन्दिरमा हजारौं भक्तजनको भीड लागेको थियो । देवीघाटमा रहेको शिवधाममा यस वर्ष हजारौंले आफ्ना दिवंगत पितृहरूको सम्झनामा विदुर नगर क्षेत्रका साथै आसपासका विभिन्न स्थान तथा रसुवा, धादिङ, काठमाडौंबाट समेत सर्वसाधारण रातभर जाग्राम बसेर महाद्विप प्रज्वलन गरी  शिवधाम परिसर तथा त्रिशूली नदी किनारामा सतबीज छरेको जालपा क्षेत्र विकास समितिले जनाएको छ ।  

null

समितिका अनुसार बालाचतुदर्शीको अवसरमा सतबीज छर्ने सर्वसाधारण गत वर्षको तुलनामा ५० प्रतिशतले बढेको स्थानीय जालपाक्षेत्र विकास समितिका उपाध्यक्ष नवीन चित्रकारले बताए। उनका अनुसार भक्तजनहरूको सुविधाका लागि २० थान टेण्ट राखिदिएको थियो ।   

विदुर नपा-५ देवीघाटमा रहेका प्रसिद्ध शिवधाम, तारकेश्वर, कविलासको राक्सेश्वर, थानापति मन्दिर परिसरमा सतबीज छर्नका लागि भक्तजनको विशेष मेला लागेको थियो ।  रातभर जाग्राम बसेर महाद्विप प्रज्ज्वलन गर्दै सतबीज छरेर आफ्ना दिवंगत पितृहरूको उद्धार हुने र बैकुण्ठ बास हुने जनविश्वास रहेको शिवधामका पुजारी हरिप्रसाद सापकोटाले  बताए  । 

null
 
शिवधामका साथै बट्टारको राम मन्दिर, वट्टार हावाघरको श्रीकृष्ण मन्दिर, दुङ्गेमा रहेको शिव मन्दिर, त्रिशूलीको राम मन्दिर, कोलोनीको शिव मन्दिरलगायतका मन्दिरमा सतबीज छर्नका लागि भक्तजनको भीड लागेको थियो । शिवधाममा ब्राम्हण, क्षेत्री, आदिवासी जनजाती, नेवारलगायत सबै समुदायका सर्वसाधारणले महाद्विप प्रज्वलन गरी सतबीज छरेका थिए । 

null
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.