भीडभाडमा गहना लुट्ने गिरोह वीरगन्जमा पक्राउ

भीडभाडमा गहना लुट्ने गिरोह वीरगन्जमा पक्राउ

वीरगन्ज :  वीरगन्जमा प्रहरीले चोरीका सुनचँदीका गरगहनासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीका करिब ३७ लाख रुपैयाँ मूल्य बराबरको सुन-चाँदीका गहनासहित तीन भारतीय र एक नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा भारतको बिहार राज्यको बेतिया जिल्ला बल्थर थानाको सरकिला गाउँका ३३ वर्षीय विजय राय, त्यहि ठाउँका ६० वर्षीय शेख बुनाद, बिहारको बेतियाको आरापिपरा बस्ने ३१ वर्षीय विनोद राउत र पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढाँका २० वर्षीय विद्याकुमार नट रहेका छन् । 

प्रहरीका अनुसार, गत कात्तिक ३० गते वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ मा प्रहरीले शंका लागेर लु.९६ प ३७३३ नम्बरको स्कुटीलाई रोकेर त्यसमा सवार भारतको बिहार राज्यको बेतिया जिल्लाको बल्थर थाना सरकिला बस्ने ६० वर्षीय शेख बुनादको शरीर खानतलासी गरेको थियो ।

त्यसक्रममा उनले लगाएको पाइन्टको दाहिने खल्तीबाट सेतो रंगको रूमालमा सेतो रंगको कागजभित्र बिल बिजक नरहेको सुनका केहि गहना फेला परेको थियो । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

शेखले दिएको बयानका आधारमा प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढाका नटको घरमा खानतलासी गर्दा घरभित्र लुकाएर राखिएका ३६ लाख ७० हजार ५१ रुपैयाँ मूल्य बराबरको सुनचाँदीका गहनाहरु भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । 

नटको घरबाट सुनको सिक्री ११ थान, सुनको झुम्का २ थान,सुनको नथिया ३ थान,सुनको पोतेसहितको माला २ थान,सुनको लकेट १ थान,सुनको औंठी १ थान, सुनको मांगटीका २ थान,चाँदीको पाउजु १० थान,चाँदीका सिक्का २ थान,सुनको बिछिया ८ थान,चाँदीको हाथशंकर २ थान तथा सुनचाँदी तौल गर्ने तराजु १ थान बरामद भएको बस्नेतले जानकारी दिए ।यससंगै नगद नेपाली ३ लाख ७९ हजार रुपैयाँ र भारतीय ९ हजार २०० रुपैयाँपनि बरामद गरिएको उनले बताए । 

बरनामद गरिएका सुनचाँदीका गरगहनाहरु पर्सा र बाराका विभिन्न स्थानमा लागेका मेला ,र उत्सव र चाडबाडको भीडभाडबाट चोरी गरेको हुनसक्ने आशंका प्रहरीको छ । प्रहरी नायब उपरीक्षक बस्नेतले भने,' विभिन्न समयमा विभिन्न स्थानबाट चोरी गरिएका गरगहना रहेको आशंका छ । बिलबिजकसहित गहनाधनीहरू प्रहरीमा आए छानबिन गरेर फिर्ता दिन्छौं  ।

पक्राउ गरिएका चारैजनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको बस्नेतले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.