किटानी जाहेरीपछि दुई वडाध्यक्ष पक्राउ

सिमरा झडप प्रकरण : जेनजी युवालाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन

सिमरा झडप प्रकरण : जेनजी युवालाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन
तस्बिर : दिवाकर भण्डारी

काठमाडौं : बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ अन्तर्गत सिमरा चोकमा आफ्नो समूहका युवालाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ। आफूहरुमाथि कुटपिट गर्ने एमालेका नेतालाई पक्राउ गर्न माग गर्दै जेनजी युवाले आज पनि सिमरामा प्रदर्शन सुरु गरेका हुन्।

null

उनीहरु बिहानैबाट सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन्।null

बुधबार एमालेले बाराको परवानीपुरमा मधेस प्रदेशस्तरीय जनजागरण सभा कार्यक्रम राखेको थियो। उक्त सभालाई सम्बोधन गर्न काठमाडौंबाट पार्टी महासचिव शंकर पोखरेल, युवा नेता महेश बस्नेतलगायत नेताहरू जहाजमार्फत सिमरा आउँदै थिए। एमाले नेताको विरोध गर्न ‘जेन–जी’ युवाहरू सिमरा चोकमा भेला भएका थिए। तर, आफ्ना नेताको स्वागत गर्न एमाले सम्बद्ध युवाहरू विमानस्थल जाँदै थिए। त्यही बेला दुवै पक्षबीच विवाद चर्क्यो। द्विपक्षीय झडप भयो। सिमरा क्षेत्र दिनभर तनावग्रस्त भयो। 

त्यसक्रममा एमालेका कार्यकर्ताको आक्रमणबाट जेन–जी बाराका संयोजक सम्राट उपाध्याय घाइते भए। आक्रोशित जेन–जी युवाहरूको समूहले सिमरा विमानस्थलमा पुगेर विमानस्थलको गेट पनि तोडफोड गरे। गेट तोडेर विमानस्थलभित्र पसेका जेन–जी युवाहरूले विमानस्थल कार्यालयमा ढुंगा र सिसाका बोतलहरू प्रहार गरे। सुरक्षाकर्मीले दुई राउन्ड अश्रुग्यास हानेर उनीहरूलाई तितरबितर पारेको थियो। विमानस्थलबाट फर्किएका जेन–जी युवाहरूले सिमरा चोकमा टायर बालेर प्रदर्शन गर्न थाले। चर्को नाराबाजी गरे। 

सिमरामा कर्फ्यु लगाइए पनि आक्रोशित जेन–जी युवा र उनीहरूका समर्थकले सिमरा चोकमा टायर बालेर दिनभर प्रदर्शन गरेका थिए। झडपपछि उपाध्यायले घटनामा संलग्न भएको दाबी गर्दै प्रहरीमा किटानी जाहेरी दर्ता गराएका थिए। null

बिहान जेन–जी युवाहरूलाई कुटपिट गर्ने एमालेका कार्यकर्तालाई बिहीबार बिहान १० बजे प्रहरी कार्यालयमा उपस्थित गराउने प्रतिबद्धता जनाएपछि मात्रै प्रदर्शनकारी जेन–जी युवाहरूले साढे ६ बजेबाट प्रदर्शन स्थगित गरेका थिए। किटानी जारीपछि घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा ६ का वडाध्यक्ष कैमुदिन अन्सारी पक्राउ परेका हुन् ।

यता एमाले जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोकविक्रम शाहले भने पार्टीको कार्यक्रममा आउन लागेका नेताहरूको स्वागतका लागि सिमरा चोकमा भेला भएका एमालेका कार्यकर्ताहरू र फरक विचारका युवाहरूबीच विवाद भएपछि अवस्था बिग्रिन पुगेको बताए। कसैले पनि निषेधको राजनीति गर्न नपाइने भन्दै उनले भने, ‘लोकतन्त्रमा विरोध गर्न पाइन्छ। तर, कार्यक्रममा नेतालाई जानै दिन्न भन्न पाइन्न।’

सिमरा घटनाका कारण एमाले महासचिव पोख्रेल, नेता बस्नेत बारा आउन पाएनन्। तर, बाराको परवानीपुरमा भने युवा संघ नेपालको प्रदेशस्तरीय जागरणसभा सम्पन्न भयो। युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवे, केन्द्रीय इन्चार्ज राजीव पहारीलगायत नेताले सभालाई सम्बोधन गरेका थिए।

सिमरामा जेन–जीका नाममा केही समूहले प्रदर्शन गरेर परवानीपुरको कार्यक्रम बिथोल्न खोजे पनि परवानीपुरको कार्यक्रम हजारौंको सहभागितामा भव्य रूपमा सफल भएको संघका केन्द्रीय सचिव मोबिन आलमले दाबी गरे।null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.