सिमरामा जेनजीको प्रदर्शन भन्दै पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल

सिमरामा जेनजीको प्रदर्शन भन्दै पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल

सिमराः बाराको सिमरामा जारी जेनजी युवाको प्रदर्शन भन्दै सामाजिक सञ्जालमा केही पुरानो हिंसात्मक भिडियो भाइरल बनेको छ। अघिल्ला आन्दोलनका हिंसात्मक दृश्यलाई सिमराको प्रदर्शनसँग जोडेर सामाजिक सञ्जाल फेसबुक, टिकटकमा भिडियो हालेको पाइएको हो। 

उक्त भिडियोमा नेपाल प्रहरीको गाडी र प्रहरी बिटमा आगो लगाएको दृश्य छ। उक्त दृश्य सिमरामा बुधबार र बिहीबार भएको प्रदर्शनको भने होइन। सिमरामा जेनजी युवाले प्रहरीको गाडी र प्रहरीको बिट जलाउने गरी प्रदर्शन गरेका छैनन्। उनीहरूले सिमरा विमानस्थलको गेट भने भत्काएका थिए। त्यसबाहेक राजमार्गमा टायर बालेर प्रदर्शन गर्ने क्रममा बुधबार र बिहीबार केहीबेर झडप भएको थियो। 

झडपपछि स्थिति सामान्य छ। जेनजी युवाले बिहीबार साँझदेखि आन्दोलन स्थगित गरेसँगै यातायात सुचारु भएको छ भने अवस्था सामान्य बन्दै गएको छ। बारा प्रहरीले पनि सिमरामा भइरहेको जेनजीको प्रदर्शन भन्दै अघिल्ला आन्दोलनको हिंसात्मक भिडियो प्रयोग गरेर अफबाह नफैलाउन आग्रह गरेको छ। 

अघिल्ला आन्दोलनका हिंसात्मक दृश्य प्रयोग गरेर सामाजिक सञ्जालमा भिडियो राख्न थालिएपछि प्रहरीले त्यसो नगर्न आग्रह गरेको हो। त्यस्ता दृश्यले भ्रम फैलाउने र अशान्त वातावरण सिर्जना गर्न सक्ने प्रहरीको भनाइ छ। बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले प्रहरीको गाडी र प्रहरी पोस्ट जलाएको पुरानो भिडियोलाई सिमराको प्रदर्शन भन्दै अफबाह फैलाउन थालिएकाले भ्रममा नपर्न समेत आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.