जेनजी युवामाथी कुटपिटमा संलग्न साह पक्राउ
सिमरा : प्रहरीले सिमरामा जेनजी युवामाथि भएको कुटपिटमा संलग्न अरविन्द साहलाई पक्राउ गरेको छ। प्रहरीले जीतपुरसिमरा - २ का साहलाई बिहीबार साँझ पक्राउ गरेको हो।
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। साहले बुधबार बिहान सिमरामा जेनजी युवामाथि कुटपिट गरेका थिए।
उक्त कुटपिटको घटनापछि सिमरा तनावग्रस्त छ। कुटपिटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जेनजी युवाले बुधबारदेखि प्रदर्शन गरिरहेका छन्।
बारा प्रहरीले यसअघि कुटपिटमै संलग्न रहेको आरोपमा वडाध्यक्ष धनबहादुर श्रेष्ठ र कैमुदिन अंसारीलाई पक्राउ गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस !