पावरप्लेमा काठमान्डुको ब्याटिङ धरापमा
काठमाडौं : पावरप्लेमा काठमन्डु गोर्खाजको ब्याटिङ धरापमा परेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आठौँ खेलमा विराटनगर किंग्सविरुद्ध काठमान्डु गोर्खाजले पावरप्लेमा २२ रन बनाएको छ।
६ ओभरको खेल सकिँदा काठमान्डुले ३ विकेट गुमाउँदै २२ रन बनाएको छ। ओपनर आकाश त्रिपाठी डकआउट हुँदा रिकार्डो भास्कोन्सेलोस ३ र प्रतीक श्रेठ ३ रनमा पेभेलियन फर्किए। वेन चार्लेसवर्थ ८ र जेहरार्ड इरास्मस ७ रनमा खेलिरहेका छन्।
विराटनगर किंग्सले पहिलाे खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो।
काठमान्डु गोर्खाजको यो तेस्रो खेल हो। काठमान्डुले पहिलो खेलमा साबिक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा काठमान्डु सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो।
आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको हो।
प्रतिक्रिया दिनुहोस !