विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ।

 यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले  १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी लक्ष्य पन्छाएको जनकपुरका लागि निकोल लोफ्टी इटोनले सर्वाधिक ४१ रन बनाए। यस्तै लाहिरु मिलान्थाले २३ रन, आसिफ शेखले १३ रन, सञ्जय कृष्णमुर्थीले २० रन बनाए। 

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। यस्तै सूर्य तामाङले २ विकेट लिए भने मर्चेन्ट डे लाङ र शुमम रन्जानेले १–१ विकेट लिए। 

 विराटनगरका लागि ओपनरद्वाय लोकेश बम २६ बलमा २८ रन बनाएर आउट भए भने जर्ज मुन्से १० रनमा आउट भए। यस्तै  ब्याटर मार्टिन गप्टिल १५ बलमा १३ रन बनाएर आउट भए। यस्तै विराटनगरका लागि वसिर अहमद ३५ बलमा ३६ रन, शुमम रन्जानेले २९ बलमा ३७ रन बनाए। 

बलिङतर्फ जनकपुरका लागि रुपेश सिंह र संगित कुरेले २–२ विकेट लिए भने आदित्य मेहताले एक विकेट लिए।

 यसअघि जनकपुर काठमाडौं गोर्खाजसँग पनि पराजित भएको थियो। एनपीएलको दोस्रो संस्करणमा तिन खेल खेलेको विराटनगर अपराजित छ। विराटनगर यसअघि काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्ससँग विजयी भएको थियो। 
 
 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.