कारको ठक्करबाट मृत्यु भएका दम्पतीको एकै चितामा अन्त्येष्टि

कारको ठक्करबाट मृत्यु भएका दम्पतीको एकै चितामा अन्त्येष्टि

ढल्केवर(धनुषा) : धनुषामा कारको ठक्करबाट ज्यान गएका दम्पतीको एकै चितामा अन्त्येष्टि गरिएको छ। आइतबार जनकपुर–ढल्केवर खण्डमा धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित भएको दुर्घटनामा धनुषाको मिथिला नगरपालिका-१ का ६० वर्षीय राजकुमार महतो र उनकी ५५ वर्षीया श्रीमती सुमित्रा देवी महतोको मृत्यु भएको थियो।

ती दम्पतीको आज एकै चितामा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ। आइतबार जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिँदा सुमित्राको घटनास्थलमै मृत्यु भएको थियो भने उनका श्रीमान राजकुमार गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते राजकुमारको जनकपुरस्थित हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने कार र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.