मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
ढल्केवर(धनुषा) : मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ। मधेस प्रदेश सरकारले विवाहपञ्चमी महोत्सवको अवसरमा मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको हो।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार मंगलबार विवाहपञ्चमीको सार्वजनिक बिदा रहेको जनाएको छ।
साताव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत मंगलबार मुख्य दिन स्वयम्वर तथा रातिमा वैवाहिक कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस !