आठ हजार बढीको नामावली दर्ता
नुवाकोट : आगामी फागुन २१ गते घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सकिएको छ। नामावली दर्ता गर्नेमा युवा पुस्ता धेरै रहेको छन भने आफैं फर्म भरेर थोरैले दर्ता गरेका छन्।
जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा एक महिना २५ दिनको अवधिमा साँढे आठ हजारले मतदाता नामावलीका लागि फर्म भरेका छन्। गत असोज १० गतेदेखि मंसिर छ गते शुक्रबारसम्म नुवाकोटमा आठ हजार चारसय एक जनाले नाम दर्ता गरेको कार्यालय प्रमुख होमबहादुर थापामगरले बताए।
उनका अनुसार राष्ट्रिय परिचयपत्रमार्फत ६ हजार १२ र दुई हजार तीनसय ८९ जनाले बायोमेट्रिकसहित फर्म भरेका हुन्। दुई प्रतिशतले आफैं फर्म भरेर कार्यालयमा बुझाएका थिए। फोटोसहितको मतदाता नामावली संकलनमा यस पटक युवा पुस्ताको आकर्षण देखिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ। मतदाताका लागि नामावली दर्ता गरे पनि निर्वाचन आयोगले फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाहरूले मतदान गर्न पाउने प्रावधान तय गरेको छ।
कार्यालय प्रमुख थापामगरका अनुसार हालसम्म आठ हजार चार सय एक जनाको नयाँ नामावली संकलन गरिएको छ। नुवाकोटमा १२ वटा स्थानीय तह रहेका छन्।
प्रतिक्रिया दिनुहोस !