दुई दिनमा दुई महिलाको मृत्यु
रौतहट : महिला हिंसाविरुद्धको १६ दिने अभियान चल्दै गर्दा रौतहटमा महिलाको हत्या रोकिएको छैन। मंगलबार बृन्दावन–९ भुसाहामा महिलाको हत्या भएको घटना सेलाउन नपाउँदै जिल्लामा फेरि अर्को घटना घटेको छ। माधवनारायण नगरपालिका–४ विशुनपुरवामा २१ वर्षीय रुबीना यादव शंकास्पद अवस्थामा मृत फेला परेकी छन्।
विशुनपुरवाका रुबीना यादवले मंगलबार साँझ आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय गौरका अनुसार मृतकका माइती पक्षले घटना शंकास्पद रहेको बताएका छन्।
जिल्ला अस्पताल गौरमा शव परीक्षणका लागि पठाइएको र रिपोर्ट नआउन्जेल हत्या वा आत्महत्या कुन हो भनेर यकिन गर्न नसकिने जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रदीप बस्यालले बताए।
प्रतिक्रिया दिनुहोस !