परालको कुन्यूमा लुकाएर राखिएको गाँजा बरामद

परालको कुन्यूमा लुकाएर राखिएको गाँजा बरामद

वीरगन्ज : पर्साको विन्दवासिनी गाउँपालिका–५ बटसौरा गाउँमा परालको कुन्यूभित्र लुकाएर राखिएको लागूऔषध गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ। बटसौरा गाउँको खेतमा थुपारिएको परालको कुन्यूभित्र लुकाएर राखेको २ क्विन्टल १३ केजी गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।  

परालको कुन्यूबाट २० वटा पोकामा रहेको उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए।   

गाँजाका कारोबारीले भारतमा तस्करी गर्नका लागि मकवानपुर र धादिङको पहाडी भेगबाट ल्याएर भण्डारण गरेको गाँजा  बरामद गरिएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.