कांग्रेसमा विशेष महाधिवेशन माग गर्नेहरू भन्छन्- हस्ताक्षरको अवमूल्यन नहोस्

कांग्रेसमा विशेष महाधिवेशन माग गर्नेहरू भन्छन्- हस्ताक्षरको अवमूल्यन नहोस्
बुधबार आयोजित कार्यक्रममा बोल्दै नेता गुरु घिमिरे।

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षका नेताहरूले नयाँ नीति र नेतृत्वका साथ पार्टी निर्वाचन होमिनुपर्ने बताएका छन्। 

नेपाली कांग्रेस विशेष महाधिवशेनका सन्दर्भमा बुधबार काठमाडौंमा आयोजित सभामा उनीहरूले पुराना गल्ती कमजोरीलाई सुधार गर्दै विधान संशोधन गरी नयाँ नीति र नेतृत्वका साथ पार्टी निर्वाचनमा होमिनुपर्ने बताएका हुन्।

सभामा कांग्रेस नेता गुरु घिमिरेले विशेष महाधिवेशन माग गर्दै बुझाइएको हस्ताक्षरको अवमूल्यन नगर्न सुझाव दिए। उनले मंसिर मसान्त वा पुस पहिलो साता विशेष महाधिवेशन गर्दै नयाँ नेतृत्व र नीतिका साथ पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिए।

घिमिरेले समयमा महाधिवेशन नगर्ने नियतका साथ पार्टीको केन्द्रीय कार्यसमिति बैठक लम्ब्याइएको आरोप लगाए। उनले विशेष महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाले पनि सहजीकरण गर्नुपर्ने भन्दै महाधिवेशनपछि देउवालाई सम्मानित नेताका रूपमा अघि बढाउने जिकिर गरे। पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नका लागि विशेष महाधिवेशनको माग गरको उनको भनाइ छ।

त्यस्तै अन्य नेताहरूले अब बस्ने केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको निर्णय गर्नुपर्ने बताएका थिए। उनीहरूरुले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गर्नेहरूमाथिको अपमान स्वीकार्य नहुनेसमेत बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.