प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.५० अंकले बढ्यो
काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ४.५० अंकले बढेर २६७०.१० विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ६० वटा स्टक्सको ८ हजार ६२९ कित्ता सेयर ३६ लाख ७ हजार ९१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २५ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो। ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !