सुदूरपश्चिमका ओपनर ब्याटर विनोद भण्डारीको अर्धशतक
मंसिर ११, २०८२ बिहीबार १४:४५:५६
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा विनोद भण्डारीले लुम्बिनी लायन्सविरुद्ध अर्धशतक पूरा गरेका छन्।
उनले ३७ बलमा ४ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। जारी संस्करणमा उनको यो पहिलो अर्धशतक हो।