कांग्रेस बैठक फेरि सर्यो
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ। शुक्रबारका लागि बोलाइएको बैठक आगामी आइतबारका लागि सारिएको हो।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर बैठक आइतबार २ बजे बस्ने गरी सारिएको जानकारी दिएका छन्। यसअघि बिहीबार बस्ने भनिएको बैठक शुक्रबारका लागि सारिएको थियो।
महाधिवेशनको विषयमा टुंगो नलाग्दा बैठक पटक-पटक सर्दै आएको छ। कांग्रेसमा एउटा पक्षले विशेष महाधिवेशनको माग गर्दै आएको छ भने संस्थापन पक्षले निर्वाचनपछि नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ। सोही विषयमा सहमति नजुट्दा बैठक सर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !