बारामा पानी उद्योगको प्रबन्धकको हत्या
सिमरा : बाराको प्रसौनी-६ स्थित किरण वेभरेज प्रालि पानी उद्योगमा कार्यरत प्रबन्धकको घाँटी रेटेर हत्या भएको छ। सर्लाही धनकौल गाउँपालिका-२ का ४२ वर्षीय रामकिशोर सिंहको उद्योग नजिकै शव फेला परेको हो।
उद्योगदेखि ५० मिटर उत्तरतर्फ धारिलो हतियारले रेटेर हत्या गरिएको अवस्थामा सिंहको शव फेला परेको हो। प्रहरीले सिंहको शव शल्यपरीक्षणका लागि कलैया अस्पताल पठाएको छ।
प्रहरीले प्रदेश कार्यालयबाट कुकुर ल्याएर हत्या गर्नेको पहिचान खोज्ने प्रयास गरिरहेको छ। झाडीमा छोपेको अवस्थामा भेटिएका सिंहको मोबाइल भेटिएको छैन। उद्योगभित्रको सिसिटीभी क्यामरा समेत फुटाएको अवस्थामा रहेको प्रहरीले जनाएको छ। प्रबन्धक सिंह उद्योगमै बस्ने गरेका थिए।
प्रतिक्रिया दिनुहोस !