एमाले प्रदेश सदस्य लामा जसपामा प्रवेश
महोत्तरी : नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य प्रेम लामा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्। जनकपुरमा शनिवार आयोजित एक कार्यक्रमका बीच जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन्।
बर्दिबास नगरपालिका-१० खैयरमारा घर भएका लामा तत्कालीन राजपा नेपालको केन्द्रीय सदस्य तथा आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय अध्यक्ष भइसकेका हुन्।
जसपा नेपालको विचार, सिद्धान्त र आदर्श नेतृत्वबाट प्रभावित यस पार्टीमा प्रवेश गरेको लामाले बताए।
प्रतिक्रिया दिनुहोस !